Logo

प्रमुख समाचार

लोसपा प्रमुख सचेतक अरगरिया एमाले प्रवेश गर्दै, पार्टीमा स्वागत गर्न ओली धनुषा जाने



काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । नेता अरगरिया एमालेमा प्रवेश गर्ने कुराको टुङ्गो लागिसकेको उनी निकट एक नेताले अनलाइनपानालाई बताए ।

नेता अरगरियालाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली असोज ८ गते धनुषा जाने तय भएको छ । अरगरिया ०७४ को निर्वाचनमा धनुषा क्षेत्र नम्वर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । पछि तत्कालीन महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव पार्टीबीच एकता भएर जसपा बन्यो । तर महन्थ ठाकुर पक्ष पुनः अलग भएर लोसपा गठन गर्यो ।

त्यसबखत नेता अरगरियाले लोसपा रोजेका थिए । आसन्न निर्वाचनका लागि लोसपाबाट धनुषा- २ मा अरगरियाको एकल नाम सिफारिस पनि भएका थिए । तरि उनी लोसपा परित्याग गरी एमालेमा प्रवेश गर्न लागेका छन् । धनुषा क्षेत्र नम्वर २ का लोसपाका नेता कार्यकर्ता र अन्य क्षेत्रबाट पनि लोसपाका कार्यकर्ता लिएर नेता अरगरिया एमालेमा प्रवेश गर्ने बताइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार १५:१३   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।