काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका कानून व्यवसायीहरुसँग प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको छलफल सुरू भएको छ । यसअघि १ बजे बस्ने भनिएको महाअभियोग सिफारिस बैठक ३ बजेका लागि सारिएको थियो ।
नेपाल बार एशोसिएशनका निवर्तमान दुई पदाधिकारीसहित ७ जना कानून व्यवसायीहरुसँग छलफल सुरू भएको हो । समितिको बैठकमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल सहभागी भएका छन् ।
जबराले नाम लिएका सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुसँग पनि समितिले सोधपुछ गर्ने भनी बुधबार पत्र काटेको थियो । तर उनीहरुले सिफारिस समितिमा उपस्थित नहुने बताइसकेका छन् ।
प्रतिक्रिया