काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो बदनाम गरेको भन्दै त्यसविरुद्ध न्यायिक बाटो रोज्ने बताएका छन् । बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा अभिवक्ता अर्यालले जबराबाट आफ्नो बदनाम भएकाले कानुनी उपचारको बाटो खुला गर्न समितिलाई आग्रह गरेका हुन् ।
‘कानुनी उपचारको बाटो खुला गरियोस् । भोलि यो संसदीय समितिको क्षेत्र हो भन्ने नहोस् । हामीले व्यक्तिगत रूपमा न्यायिक उपचार महाभियुक्तले यो स्तरको बयान दिनुले नै निच स्तरको भन्ने ठहर हुन्छ’, उनले भने । बयानका क्रममा जबराले ओमप्रकाश अर्यालले श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन आफ्नो विरोध गरेको बताएका थिए ।
तर अर्यालले जबराले पटकथा रचेको बताए । ‘पुनदेवी महर्जन स्वतन्त्र पेशामा हुनुहुन्छ । उहाँ चोलेन्द्रले भनेजस्तै कहिल्यै पनि चण्डेश्वर श्रेष्ठको ल फर्ममा काम गर्नुभएको छैन । एउटा पत्रिकाले बार आन्दोलनका क्रममा रचेको पटकथा चोलेन्द्र श्रीमानले दोहोर्याउनुभएको रहेछ’, उनले भने ।




















प्रतिक्रिया