काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसामा बिकेर गम्भीर प्रकृतिका मुद्दामा पीडकको पक्षमा मुद्दा फैसला गरेको आरोप लगाएका छन् । महाअभियोग सिफारिस समितिसँगको छलफलमा बोल्दै उनले रञ्जन कोइरालाको मुद्दाको विषयमा जबराले गरेको फैसलामा पैसाको चलखेल भएको बताए ।
‘आफ्नी श्रीमतीलाई मारेर, काटेर, बोरामा हालेर प्रमाण नभेटिनेगरी जलाउने अपराधीको विवेकबाट कैद घट्छ ? पैसा बाहेक केले हुनसक्छ त्यस्तो फैसला ?,’ थापाले भने । उनले जबरा महाअभियोगबाट बच्नका लागि नेकपा (एमाले)को चाकडीमा लागेको आरोपसमेत लगाए । वरिष्ठ अधिवक्ता थापाले जबरा चलखेलबाटै न्यायाधीश बन्न सफल भएको बताए । साथै, म्यारिजलाई जुवा हैन भनेर फैसला गर्ने जबरा भ्रष्टचारी भएको आरोप उनको छ ।




















प्रतिक्रिया