Logo

राजनीति

१७४ मध्ये ६५ पृष्ठमा लिइयो चोलेन्द्रको हस्ताक्षर, शनिबार पनि जारी रहने



काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयानको लिखित प्रतिमा हस्ताक्षर लिएको छ । समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर समितिले जबराको बयान १७४ पेजमा समेटेकोमा शुक्रबार बयानको ६५ पेजसम्म हस्ताक्षर लिइएको समितिका प्रवक्ता लक्ष्मी गौतमले जानकारी दिए ।

बैठकमा जबरालाई आफ्नो बयान पढेर सुनाउने र हस्ताक्षर गराउने काम भएको थियो । सुरुमा समिति सदस्यहरूले चोलेन्द्रलाई १ सय ७४ पेज लामो बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, जबराले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराउने गरिएको थियो ।

शनिबार बाँकी बयान पढ्ने र हस्ताक्षर गर्ने काम हुने प्रवक्ता गौतमले बताए । समितिको बैठक शनिवार बिहान ८ बजे नै बोलाइएको छ । हस्ताक्षर सम्पन्न गरेपछि जबरालाई पूरक प्रश्न सोधिने प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार  ६ : ४९ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।