काठमाडौं । तिहार बिदाअघिको अन्तिम कारोबार दिन आइतबारमा सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सेयर बजार १४.३५ अंकले बढेको हो । योसँगै नेप्से परिसूचक १८५८.४९ को विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि २.८८ अंकले बढेर ३६५.९३ को बिन्दुमा उक्लिएको छ ।
कारोबार अवधिभर २२१ कम्पनीका १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा सेयर मूल्य बढेको छ भने २ वटा उपसमूहको सेयरमूल्य घटेको छ । आज एभरेस्ट बैंकको सर्वाधिक ५ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
यो दिन रुरु जलविद्युत र सयपत्री हाइड्रोपावरको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतले बढेको हो । आज अभियान लघुवित्तका सेयरभाउ सबैभन्दा बढी ८ प्रतिशतले घटेको छ।




















प्रतिक्रिया