Logo

अर्थ

प्रभु बैंकले पहिलो त्रैमासमा कमायो ७७ करोड खुद नाफा, यस्ता छन् अन्य सूचक



काठमाडौं । प्रभु बैंकले चालु आव २०७९/०८० को पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा बैंकले ५७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा आज प्रकाशित पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार ३० करोड ९३ लाख रुपियाँ वितरण योग्य नाफा कमाएको छ । १ खर्ब ७८ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब ८ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ ।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा बैंकको आधारदर, १०.५१ प्रतिशत, स्प्रेडदर ३.९८ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत र प्रतिसेयर आम्दानी २२ रुपियाँ १९ पैसा रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार ११:३९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।