Logo

अर्थ

माथिल्लो तामाकोशीमा १० दिनका लागि बिजुली उत्पादन बन्द



काठमाडौं । माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादन हुने बिजुली १० दिनका लागि बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन रोकेर संरचनाहरूको नियमित निरीक्षण गर्ने भएपछि विद्युत् उत्पादन बन्द हुने भएको हो ।

दोलखाको विगु गाउँपालिका–१, लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्यत केन्द्रको बाँध, बालुवा थिग्य्राउने पोखरी र मुख्य सुरुङसहित प्रसारणलाइन र सबस्टेसनको प्राविधिक निरीक्षणका लागि आयोजनाबाट हुने बिजुली उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ ।

।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १७:१८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।