Logo

अर्थ

सेयर धनीलाई बम्पर लाभांश दिएकाे जाल्पा सामुदायिक लघुवित्तको घाटामा



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिकको असोज मसान्तसम्म आइपुग्दा संस्थाले १० लाख ३० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म सञ्चालन नाफा १ करोड ३२ लाख ६७ हजार रुपैयाँ ऋणात्मक छ । गत वर्ष उक्त नाफा ९ करोड ६० लाख ९२ हजार रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी भने १६.६० प्रतिशतले बढेर ९ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

जाल्पाको चुक्ता पुँजी १६ करोड रुपैयाँ छ भने जगेडा कोषमा ३८ करोड १० लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ५८ पैसा ऋणात्मक छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३३८ रुपैयाँ १३ पैसा छ ।

यसको निष्कृय कर्जा अनुपात ३.६१ प्रतिशत कायम भएको छ । जाल्पाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरघनीहरुलाई ७३ प्रतिशत बोनस र ३।८४ प्रतिशत नगद लाभांश गरी कुल ७६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

संस्थाले १ अर्ब ९० करोड ३७ लाख रुपैयाँ सापटी लिएको छ भने ५ अर्ब ९ करोड ७१ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ११:१६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।