Logo

अर्थ

मेगा बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?



काठमाडाैं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी १२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ११:२५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।