Logo

अर्थ

फरवार्ड माइक्रोफाइनान्सको नाफामा ६४ प्रतिशतकाे गिरावट



काठमाडाैं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड (FORWAD) ले आर्थिक बर्ष २०७९/०८० को पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले प्रथम त्रैमासमा रु. ३.०३ करोड खुद नाफा आर्जन गरेको छ ।

खुद नाफा अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ६३.८० प्रतिशतले कम हाे । खुद नाफा घटेसँगै प्रति शेयर आम्दानी पनि रु ५३.६७ बाट घटेर रु १४.३९ कायम हुन आएको छ। व्याज आम्दानीमा १५.७८ प्रतिशतको वृद्धि आएपनि खुद व्याज आम्दानीमा २४.२० प्रतिशतको गिरावट तथा संचालन घाटामा गएकोले खुद नाफामा गिरावट आएको हो। हाल कम्पनीको खुद नाफा मर्जिन ४.२५ प्रतिशत कायम रहेको छ।

रु.८४.४४ करोड चुक्ता पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष ४०.३५ प्रतिशतले वृद्धि भएर रु. १.८९ अर्ब पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात २२४.०७ प्रतिशत रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु. २.७३ अर्ब कायम भएको छ भने प्रति शेयर किताबी मुल्य रु. ३२४.०७ कायम हुन आएको छ।

त्यस्तै, राष्ट्रिय स्तरमा कारोबार गर्ने लघुवित्तले ग्राहक सदस्यहरु बाट रु. ८.२१ अर्ब निक्षेप र विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु. १०.०६ अर्ब कर्जा सापट गरी कुल रु. १८.२७ अर्ब पूंजी परिचालन गरी रु. १९.८७ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ४.५९ प्रतिशत र ११.९८ प्रतिशतको वृद्धि रहेको छ।

लघुवित्तको पूंजी परिचालनको ४४.९३ प्रतिशत हिस्सा निक्षेप संकलनबाट रहेको छ । अन्य बैंक वित्तिय संस्थाहरुबाट कर्जा सापत लिने लघुवित्तको पूंजी संकलनमा निक्षेपको अंश धेरै हुँदा व्याज खर्चमा सन्तुलन आई नाफामा सकारात्मक असर पर्ने गर्दछ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ११:३६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।