काठमाडाैं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ को लागि बोनस घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट ८ लाभाांश वितरण गर्ने घोषणा गरेको हो ।
जसमा ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश छन् । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
गत वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।




















प्रतिक्रिया