Logo

समाचार

मतपेटिकामा एसिड प्रहार गर्ने एक जना पक्राउ



बुटवल । नवलपुरको देवचुली नगरपालिका ४ मा मतपेटिकामा एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ती सृजना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेर आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय नारायण भण्डारी रहेका छन् । उनले आज दिउँसो  ४:१२ बजे मतपेटिकामा एसिड प्रहार गरेका थिए ।

प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार  ५ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।