Logo

अर्थ

सेयर बजारमा हरियाली, दोहोरो अंकको वृद्धि



काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ बिन्दुमा ओर्लिएको छ ।

यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.०२ अंकले घटेर ३८०.९२ बिन्दुमा ओर्लिएको छ । कारोबार अवधिभर २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँमा किनबेच भएको छ ।

यसदिन निर्जीवन बीमा समूहबाहेक १२ वटै सूचक हरियाली बनेको छ । बिहीबार १२४ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने ४९ कम्पनीको सेयरमूल्य घटेको छ । आज १७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ४ : २१ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।