Logo

अर्थ

आईपीओ निष्काशन गर्न थप ५ कम्पनीले पायो बोर्डको अनुमति



काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५ वटा जलविद्युत कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। बोर्डले एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।

यी कम्पनीले कुल ४ करोड १४ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछन्। उक्त आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित र सर्वसाधारणका लागि बिक्री गर्नेछ ।

अब एसियन हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

सुपर मादी हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २ करोड १० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

माया खोला हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड कित्ता आईपीओ निष्काशन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ५ : ११ बजे