Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३० रूपैयाँ ३२ पैसा र बिक्री दर १३० रूपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिद दर १३५ रूपैयाँ ८७ पैसा र बिक्री दर १३६ रूपैयाँ ५० पैसा रहेको छ ।    

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ८२ पैसा र बिक्री दर १५८ रूपैयाँ ५४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५४ पैसा र बिक्री दर ३५ रूपैयाँ ७० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । 

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ६ : ४५ बजे