Logo

अर्थ

सुनको मूल्य स्थिर, चाँदीकाे घट्यो



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा आज छापावाला सुन मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।

बिहीबार कायम भई कारोबार भएकै मूल्यमा आज पनि कारोबार भइरहेको हो । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १२:०३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।