Logo

अर्थ

कालिञ्चोक दर्शनले मंसिर १४ देखि आईपीओ निष्काशन गर्दै, वैदेशिक रोजगारीमा गएकाले भर्न पाउने



काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडले यहि मंसिर १४ गतेदेखि साधारण सेयर (आइपीओ) निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा जानेहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा १० प्रतिशत कोटा छुट्याएसँगै कालिञ्चोक दर्शन लिमिटेडले आईपीओमा आरक्षण छुट्याएको हो ।

कालिन्चोक दर्शन लिमिटेडले यहि मंसिर १४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार २६० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने १० लाख ८० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४९९० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार ८०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले छिटोमा मं

शिर २८ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद पुस १४ गतेसम्म लम्बिनेछ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

वैदेशिक रोजगार कोटाका लागि आवेदन दिने प्रक्रिया

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा जाने नेपालीहरुले बोर्डले छुट्याएको आइपीओ कोटामा आवेदन दिन आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत खाता भएको हुनुपर्नेछ ।

सो बचत खातामा पछिल्लो ६ महिनामा कम्तिमा ५० हजार रुपैयाँ बराबरको नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले जम्मा गरेको हुनुपर्नेछ । सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सो खातामा पछिल्लो ६ महिनामा विदेशबाट ५० हजार नेपाली रुपैयाँ पठाए, नपठाएको चेक गरेर मात्रै आवेदन भेरिफाइड हुनेछ ।

साथै भेरिफाइड भएपश्चात् सम्बन्धित व्यक्तिले अन्य बेला आइपीओ आवेदन दिएजसरी नै मेरो सेयरबाटै आवेदन दिन सक्नेछन् । तर सीआरएन नम्बर भने रेमिट्यान्स बचत खातामा डिम्याट खातालाई लिंक गराइ लिनुपर्नेछ । यदि आवेदकले सीआरएन नम्बर बचत खातामा लिंक गराएमा मात्रै मेरो सेयरबाट आवेदन दिन मिल्नेछ अन्यथा अप्लाई गर्न मिल्नेछैन ।

वैदेशिक रोजगारका लागि विदेशीने नेपालीहरुसँग पहिले नै डिम्याट खाता भइसकेको खण्डमा सोही खातालाई रेमिट्यान्स बचत खातामा लिंक गराउन सकिनेछ । रेमिट्यान्स बचत खाता नहुनेले पनि आस्वा सुविधा भएका बैंकहरुलाई सम्पर्क गरी ५० हजार रुपैयाँ खातामा बचत गरी खाता खोल्न सक्नेछन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।