Logo

अर्थ

आरएसडीसी लघुवित्तद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । १० मंसिर शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी ८० करोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँको ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार ११:१५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।