Logo

अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियाे



काठमाडौं । साताको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म झिनो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ । आइतबार नेप्से ३२.४३ अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ९८ विन्दुमा बन्द भएको भएको थियो ।

आज नेप्सेमा सूचीकृत २३६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच भयो । यस कारोबार रकम पनि १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब २ करोड ५४ लाख रुपैयाँ बराबरको करोबार भएको थियो ।

कारोबारमा आएका कम्पनीहरुमध्ये ३६ वटा कम्पनीको सेयरमुल्य बढेको छ भने १५१ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.१८ प्रतिशतले बढेर प्रतिकित्ता ३४१.१० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १५:४५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।