Logo

अर्थ

नारायणी डेभलपमेन्ट बैंकका ग्राहकलाई सप्तगण्डकी अस्पतालमा छुट



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र सप्तगण्डकी अस्पतालबीच व्यवसायीक समझदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र सप्तगण्डकी अस्पतालका तर्फबाट अध्यक्ष डा. अमर श्रेष्ठले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका सबै प्रकारका कार्डवाहक, खातवालाहरु, बैंक कर्मचारीहरु लगायत बैंकका सम्पुर्ण सेयरधनीहरु समेते सप्तगण्डकी अस्पतालले प्रदान गर्ने सेवा सुविधामा विशेष छुट ‍पाउनेछन् ।

बैंकका ग्राहकले प्याथोलोजी, आइसीय बिड चार्ज, नर्मल बेड चार्ज एण्ड अपरेशन चार्जमामा १० प्रतिशत र फार्मेशी मा ५ प्रतिशत छुट प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ०८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।