काठमाडाैं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २.९९ अंकले बढेर १९५३.३५ बिन्दुमा उक्लिएको हो । यस दिन सेन्सेटिभ परिसूचक पनि ०.०८ अंकले बढेर ३८२.६९ बिन्दुमा पुगेको
छ ।कारोबार अवधिभर २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भयो । मंगलबार ९५ करोड ७० लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा यस दिन हिमालयन डिस्टिलरी लिमिटेड अब्बल देखिएको छ । यस कम्पनीले ९ करोड ७२ लाख ७५ हजार रुपैयाँभन्दा माथिको कारोबार गर्न सफल भएको छ । आज कारोबार रकम भने सुस्ताएको छ ।
यस दिन १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । ९कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज डिप्रोक्स लघुवित्तको सेयार्मुल्या सर्वाधिक ६.१० प्रतिशतले बढेको छ ।




















प्रतिक्रिया