नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापवाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९७ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।




















प्रतिक्रिया