Logo

मनोरञ्जन

‘पुष्पा २’ मा अल्लु अर्जुनसँगै रामचरणको पनि एन्ट्री



काठमाडौं । दक्षिण भारतीय सुपरस्टार कलाकार अल्लु अर्जुन यतिबेला ‘पुष्पा २’को लागि तयारीमा छन् । अघिल्लो सालको सुपरहिट चलचित्र ‘पुष्पा: द राइज’ को सिक्वेलका रूपमा रहेको फिल्म अहिले दर्शकका लागि बहुप्रतीक्षित बनेको छ ।

अझैसम्म पनि पहिलो भागको डायलग, गीत र आइकोनिक नृत्यले सबैलाई मनोरञ्जन गराइरहेको छ । अब भने दोस्रो भागले दर्शकहरूलाई कौतुहल बढाएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुष्पाका निर्देशक सुकुमारले रामचरणलाई पनि साथ लिने भएका छन् । दक्षिण भारतीय चलचित्रका अर्का ठूला सुपरस्टार रामचरण अब पुष्पा २ मा देखिने भएका छन् । रामचरणको फिल्ममा केमियो भूमिका हुने बताइएको छ ।

सुकुमार र रामचरणले यसअघि ‘रङ्गस्थलम’ चलचित्रमा काम गरेका थिए । सोही रङ्गस्थलम फिल्मको ‘चिट्टी बाबु’को भूमिकामा रामचरणले पुष्पा २ मा एन्ट्री गर्ने बताइएको छ । एजेन्सी

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार ०९:३१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।