काठमाडाैं । बजारमा आज (सोमबार) सुन मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्यमा कुनै फेरबदल भएको छैन ।
आज छापावाला सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँ नै कायम भएको छ। आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३८० रुपैयाँ कायम भएको छ। आइतबार तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया