Logo

राजनीति

सरकारको बजेट पहुँचवाला र हुनेखानेलाई मात्र हो कि ?- नेतृ संग्रौला 



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेतृ एवम् सांसद डा. डिला संग्रौलाले सर्वसाधरण जनताले सरकारको अनुभूति गर्न नपाएको बताएकी छिन् । नेतृ संग्रौलाले सामाजिक सञ्जााल मार्फत सरकार हुने सत्तामा पहुँच र हुने खानेहरुको लागि मात्र भएको आरोप लगाएकी छिन् । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले मुलुक आक्रान्त भइरहेको अवस्थामा सरकारले लक्षित वर्गलाई छुट्याएको बजेटमा समेत उनीहरुको पहुँच नभएको गुनासो गरेकी छिन् । आफ्नो परिवारलाई पाल्न र आफू पालिनको निम्ति भोको पेट र परिवारसँग बिछोडिदै दर्दका आँसु चुहाउदै पुनः युवा जगत कोरोनाको बढ्दो संक्रमणको भुङ्रोमा हाम्फाल्न दिनहुँ हजारौंको संख्यामा भारत गई रहेको समाचारले कुन नेपालीको मन नरोएको होला उनले सामाजिक सञ्जालमा भनेकी छिन् ।

उनले भनिन् – बजेटमा ठुल्ठुला कुरा गरियो, पास गरियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा ११ अर्व ६० करोड रकम छुट्याएर २ लाखलाई रोजगारी दिने भनियो । बिदेशबाट फर्किएका कोरोना प्रभावितलाई सीप विकास तालिम आदिमा १ अर्व  रकम बिनियोजित पनि गरियो । युवा स्वरोजगार कोष, श्रम सूचना बैंक देखि सीप रुपान्तरण कार्यक्रममा ८ लाखलाई रोजगारी दिने भनिएको कुरा स्मरण गराउँदै बजेट कार्यान्वयन हुन नसकी भक्कानिदै रुदै पुनः आफ्नो देश छोडेर नेपाली  दाजुभाई दिदिबहिनीहरु बिदेश जान बाध्य भएको उल्लेख गरेकी छिन् । 

स्वदेशमा कृषिको रोजगारीमा रहेका किसानको पनि मलको हाहाकारले आफ्नो श्रम त्यसै खेर गैरहेको छ । सरकारको बजेट केवल हुने खाने र सत्तामा पहुँच हुनेलाइ मात्र पो रहेछ कि भन्दै प्रश्न गरेकी छिन् । खोइ त ती निसाहाय पीडितको लागि ? व्यवस्था फेरिदै फेरिदै गणतन्त्रसम्म आइपुग्दा पनि यस्तै हुने हो भने अब जनताले कोसँग  अपेक्षा  गर्ने भन्दै नेतृ संग्रौलाले सरकारको धारणा माग गरेकी छिन् ।

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  १ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।