Logo

मनोरञ्जन

गायक सुदन गैरेकाे ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ सार्वजनिक (भिडियो)



काठमाडौं । गायक सुदन गैरेको सुमधुर स्वरमा सजिएको “चाहिदैन भो पैसाको थुप्रो नी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली समाजको यथार्थलाई समेटेर तयार पारिएको यस गीतमा पैसा कमाउनकै लागि विदेशिनु पर्दैन, विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भन्ने भाव व्यक्त गरिएको छ।

गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन् ।

भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ। भिडियोमा विना राउत र सरोज प्रजा फिचर्ड छन् । फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘राइट ट्युन इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १४:१२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।