Logo

राजनीति

संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक सुरु



काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा पहिलोपटक सर्वदलीय बैठक बसेको हो ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ ।

आज प्रतिनिधिसभाको उपसभामुख चयनका लागि मतदान हुँदैछ । त्यसैको पूर्वसन्ध्यामा सभामुख घिमिरेले सर्वदलीय बैठक बोलाएका हुन् । घिमिरे गत माघ ५ गते १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १२:०९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।