Logo

प्रमुख समाचार

जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नीतिगत तथा व्यावहारिक निर्णय गर्छौं : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने काम धेरै रहेको बताएका छन् । उनले आगामी दिनमा जनमुखी सेवा प्रवाहका लागि आवश्यक नीति निर्माण गरी काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्‍याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताए ।

प्रधानमन्त्री प्रचण्डले देश अहिले पोल्ट्री व्यवसायमा आत्मनिर्भर भएको बताए । उनले वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १३:४५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।