Logo

प्रमुख समाचार

माओवादी र नेसपा एकताका लागि ठोस प्रस्ताव तयार हुँदै



काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एकताका लागि आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ ।

दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको विधान, प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति भएको नेसपाका वार्ता टोली संयोजक गंगा श्रेष्ठले जानकारी दिए ।

नेसपाले यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइसकेको छ । दुवै पार्टीबीच एकताको सहमति भइसकेको छ । माघ १० गते अर्को बैठक बसेर टुंगो लगाइने उनले बताए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १५:५५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।