काठमाडौं । स्वतन्त्र सांसद प्रभु सशाहले उप्रधानमन्त्रीको संख्या धेरै भएको भन्दै आपत्ति जनाएका छन् । उनले यति धेरै उपप्रधानमन्त्री के का लागि चाहिएको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरलाई समर्थन गर्दै उनले पदहरु आवश्यकताका आधारमा सृष्टि गर्नुपर्ने बताए ।
‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरु, के यति जरुरी थियो ? के आवश्यकताको कोणबाट यति उपप्रधानमन्त्री बनाएको हो ? यो उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ रु नेपाली जनतालाई उत्साहित गर्छ’, उनले भने ।
अहिलेको सरकारमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री छन् । सांसद साहले उपप्रधानमन्त्री नै चाहिने भए परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयमा उपयुक्त हुने बताए ।




















प्रतिक्रिया