Logo

बेलारूसमा भ्रष्टाचार विरोधी अभियानमा सहभागी दर्जनौँ नेता तथा कार्यकर्ता पक्राउ



बेलारूसमा भ्रष्टाचार विरोधी अभियानमा सहभागी विपक्षी दलका दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । 

बेलारूसी प्रहरीले आइतबार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरीले विपक्षीको आन्दोलन हिंसात्मक बन्न थालेपछि प्रदर्शनमा सहभागी उनीहरूलाई पक्राउ गरेको बताएको छ । 

बेलारूसी आन्तरिक मन्त्रालयका प्रवक्ता ओल्गा चेमोडानोभाले एएफपीसँग भने, “अहिलेसम्म १०० जनालाई मिन्स्कमा पक्राउ गरिएको र उनीहरूमध्ये केहीलाई सोधपुछ गरी रिहा गरिसकिएको र केहीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको बताउनुभयो ।”

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार ०१:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।