काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गरेका छन् ।
साउथ वेस्टर्न स्टेट कलेजद्वारा आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम उद्घाटन गर्दै उनले रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए । उच्च शिक्षा अध्ययनका क्रममा बर्सेनि हजारौँ विद्यार्थी विदेशिने गरेको चर्चा गर्दै उनले भने, ‘गुणस्तरीय शिक्षा प्रदान गरी युवा वर्गलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नेतर्फ राज्य र शिक्षण संस्थाहरूको पनि ध्यान जान आवश्यक छ ।”
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संस्थागत र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनेतर्फ नगरपालिकाको ध्यान गएको बताए । क्याम्पस प्रमुख डा. राजेन्द्रसिंह केसीले बजारको मागअनुसार समयसान्दर्भिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ शिक्षणसंस्थाको ध्यान जानुपर्नेमा जोड दिए ।





















प्रतिक्रिया