एजेन्सी । नेपाली संचारकर्मी राजेन्द्र लुईटेल भारतमा ‘मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड’बाट मंगलबार सम्मानित भएका छन् ।
यो अवार्ड भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिन्छ । डेढ दशक भन्दा लामो समय देखि विभिन्न संचार माध्यममा रहेर काम गर्दै आएका राजेन्द्र विभिन्न अवार्डबाट सम्मानित हुँदै आएका छन् ।
भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहकाबीच आफुलाई उक्त सम्मान प्रदान गरिएको राजेन्द्रले बताए । उनलाई मुम्बई पुलीसका कमिश्नर पुलीस चिफ संजय पटेल, भारतका प्रतिष्ठित वरिष्ठ संचारकर्मी अखिलेश सिंह तथा चर्चित टेलिभिजन अभिनेत्री चांदनी शर्माले संयुक्त रुपमा लुईटेललाई सम्मान प्रदान गरेका थिए ।
छापा पत्रकारिता मार्फत संचारमाध्यममा आवद्ध भएका लुईटेल हाल राष्ट्रखबर डटकम, राष्ट्रखबर पत्रिका, तथ्यखबर , राष्ट्रपत्र, ग्यालेक्सिदैनिक,पेजेन्ट नेपाल लगायत संचारमाध्यमका प्रमुख हुन् ।





















प्रतिक्रिया