Logo

मनोरञ्जन

अम्खरामा पानी बोलको म्युजिक भिडियो सार्वजनिक




काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको युगल गायनमा रहेको लोक शैलीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछाने फिचर्ड छन् । गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन् ।

बन्दे प्रसादले सम्पादन गरेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो । सिमा रेग्मी भिडियोको निर्मात्री हुन् । यसअघि उनको शब्दमा समावेश ‘माया टिकटके’ दर्शक स्रोतामा लोकप्रिय छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १४:३५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।