Logo

मनोरञ्जन

मेलिना राईको भ्यालेनटाइन गीत ‘मीठो साथ’ सार्वजनिक



काठमाडौं । उमेश राउतको नयाँ गीत ‘मीठो साथ’ सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र सुदिप लामाको आवाजमा रहेको गीत बुधबार सार्वजनिक भएको हो ।

भ्यालेनटाइन अर्थात् प्रणय सप्ताहको अवसर पारेर सार्वजनिक गरिएको गीतमा भर्खरै बस्न थालेको माया अनि त्यसले सिर्जना गरेको सुन्दर परिवेशलाई वर्णन गरिएको छ । रिदम कँडेलले सङ्गीत संयोजन गरेको गीत अकोस्टिक नेपालमा रेकर्ड गरिएको हो भने प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

धनबहादुर तामाङ ‘सागर’ ले निर्देशन गरेको भिडियोमा काजल भुजेल र दिपेश तामाङलाई देख्न सकिन्छ । देवेन्द्र कार्कीले खिचेको भिडियोलाई दिनेश मुस्कानले सम्पादन गरेका हुन् । गीत ‘उमेश राउत’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ । यस अघि उनका ‘तिम्रो तस्बिर’,’भोगाइ जीवनको’, ‘आमा’, ‘गुरु बन्धना’ लगायत गीत सार्वजनिक भइसकेका छन् ।https://www.youtube.com/watch?v=4ktoD7I9Ork

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार १५:३१   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।