Logo

मनोरञ्जन

निफमा निर्णायक समितिले पायो पूर्णता




काठमाडौँ । काठमाडौँमा आगामी चैत २ देखि ६ गतेसम्म आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ ।

फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएसँगै समितिले पूर्णता पाएको हो । अभिनेता, लेखक र निर्माताको रूपमा सक्रीय रहेका मोनाहान यसअघि उक्त विधाको प्रमुखमा भारतीय समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा अभिनेत्री प्रियङ्का कार्की मनोनीत भएका थिए । छोटो तथा वृत्तचित्रतर्फको निर्णायकमा प्रा. डा. इतामी बोर्जन मनोनीत भएकी छन् ।

“विश्व चलचित्रसँगसमेत जोडिनुभएका व्यक्तिलाई निर्णायकमा राख्न पाउँदा उत्साहित छौँ । यसले नेपालमा रहेका निर्माता तथा निर्देशकलाई पनि साक्षात्कार गर्ने र विश्वमा बनिरहेका चलचित्रसँगै वृत्तचित्र बुझ्ने अवसर मिल्नेमा विश्वस्त छु”, निफका अध्यक्ष केपी पाठकले बताए । यस वर्ष ‘निफ’ मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा तथा एनिमेटेड चलचित्र प्रदर्शन गरिनेछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १०:४९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।