Logo

मनोरञ्जन

शिल्पा र छवि ओझाबीच आधा सम्पत्तिसहित सम्बन्धविच्छेद



काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छवि ओझाबीच सम्बन्धविच्छेदको मुद्दा टुंगिएको छ । जिल्ला अदालत काठमाडौंले सम्बन्धविच्छेद मुद्दामा अभिनेत्री पोखरेलको पक्षमा फैसला सुनाएको हो ।

अदालतले छविले शिल्पालाई आधा सम्पत्ति दिनुपर्ने, दुईबीच सम्बन्धविच्छेद हुने, बहुविवाह नठहर्ने आदेश दिएको छ । पोखरेलले आफूमाथि घरेलु हिंसा भएको भन्दै ओझाविरुद्ध अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले फैसला सुनाएको सोमबार उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

उनले लेखेकी छिन्-‘हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझाविरुद्धको मेरो मुद्दामा मलाई जिताउने सम्पूर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेकी छु । यस कठिन समयमा मलाई बलियो साथ दिने परिवारजन, साथीहरू, संघसंस्था तथा विशेष सहयोगका लागि वरिष्ठ अधिवक्ता रमेश गुरागाईंज्यू र अधिवक्ता मनोज यादवज्यूलाई कृतज्ञता तथा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु’ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १७:३८   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।