मल्टिपर्पस फाइनान्स कम्पनी र हिमालयन डिष्टिलरीको शेयर कारोबार आजदेखि फुकुवा गरेको छ । नेपाल स्टक एक्सचेञ्जले बाषिर्क शुल्क नबुझाएर बन्द भएको २ कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।
योसँगै उक्त कम्पनीको शेयर कारोबार आजदेखि नै गर्न सकिने छ ।
वार्षिक शुल्क नबुझाएका कारण उक्त दुई कम्पनीको शेयर कारोबार आइतबार रोक्का गरिएको थियो । उनीहरुले नविकरण शुल्क बुझाएपछि कारोबार फुक्का गरिएको हो । नेप्सेले यी कम्पनी सहित २५ कम्पनीको शेयर कारोबार रोकका गरेको थियो ।




















प्रतिक्रिया