सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ । बैङ्कले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरुलाई सोही लाभांश दिने भएको हो ।
कार्तिक ३ गते बसेको ३४५ औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर सहित ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैङ्कले स्वीकृति तथा बैङ्कको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी लाभांश पाउनेछन् ।
सिटिजन्स बैङ्कले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैङ्कले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।
प्रतिक्रिया