काठमाडौं । नेकपा एमालेबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबैले सोच्नुपर्ने बताएकी छन् । एमालेका नेताहरुसहित नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर उम्मेदवारी दर्ता गराएर बाहिरिँदै गर्दा उनले यस्तो बताएकी हुन् ।
बागमती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत रहेकी शाक्यलाई शनिबार बिहान बसेकाे एमाले सचिवालय बैठकले उपराष्टपतिकाे उम्मेदवार बनाउने निर्णय गरेकाे थियाे । उनकाे प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट रघुवीर महासेठ र समर्थकमा कृष्ण गोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यसोदा रिजाल रहेका छन् ।




















प्रतिक्रिया