काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो ।
शनिबार उम्मेदवारी दर्ता गरेपछि एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यको तर्फबाट संविधानको धारा ७० अनुसार राष्ट्रपति पुरुष लिङ्गको भएकोले महिला उपराष्ट्रपति हुने व्यवस्था रहेको भन्दै यादवको उम्मेदवारीविरुद्ध दाबी विरोध दर्ता गराएकी थिइन् ।
शनिबार बिहान यादवले सो दाबी विरोधको खण्डन गर्दै निर्वाचन अधिकृतको कार्यालयमा जवाफ पेस गरेका थिए ।




















प्रतिक्रिया