काठमाडौं । स्ववियु निर्वाचन नजिकिँदै आउँदा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा विवाद बढेको छ । सभापति दुजाङ शेर्पाले मनपरी गरेको भन्दै असन्तुष्ट पक्षले आइतबार केन्द्रीय कार्यालय घेराउ गर्नुका साथै तालाबन्दी गरेका छन् ।
अनामनगरस्थित केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षले तालाबन्दी गर्नुका साथै सभापति शेर्पाको राजीनामा मागेका छन् । उनीहरुले केन्द्रीय कार्यालय परिसरमा नाराबाजी समेत गरेका थिए ।
सभापति शेर्पाले मनपरी ढंगले पत्र पठाउँदै जिल्ला र इकाइ सभापतिहरू घोषित गरेको असन्तुष्ट पक्षको आरोप छ ।




















प्रतिक्रिया