Logo

प्रमुख समाचार

नेविसंघ विवाद : कांग्रेस काठमाडौंकाे कार्यालयमा पनि ताला (भिडियाे)



काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)काे विवाद थप उत्कर्षतर्फ माेडिएकाे छ । स्ववियु निर्वाचनमा टिकट वितरणकाे विषयलाई लिएर भइरहेकाे विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीहरूकाे समुहले कांग्रेस काठमाडौंकाे जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलाैटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन् । अञ्सुल केसी र निश्चल महर्जन नेतृत्वकाे विद्यार्थीकाे समुहले विहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेकाे थियाे भने दिउँसाे पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले सभापति शेर्पाले एकलाैटी बनाएकाे जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विराेध जारी राखेका छन् । उनीहरूले स्ववियु निर्वाचनकाे सम्मुखमा गरिएकाे मनपरि निर्णयले संगठनलाई क्षति हुने भन्दै सभापति शेर्पाकाे राजीनामा माग गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १७:२५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।