Logo

प्रमुख समाचार

‘संक्रमणकालीन न्यायसँग जाेडिएकाे विषय अदालतमा जानु शान्ति सम्झौता विपरीत’



काठमाडौं । माओवादी धारका पार्टीहरुले संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दाहरु अदालतको नियममित प्रक्रियाबाट अघि बढ्नु बिस्तृत शान्ति सम्झौताविरुद्ध हुने बताएका छन् ।

शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अंग मानेको नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरुको निरुपन गर्ने जिम्मा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै उनीहरुले केही समय यता यसबारे चलिरहेका चर्चाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार प्रत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरेका माओवादी धारका पार्टीहरुले विज्ञप्तिमार्फत अविलम्ब आवश्यक कानुन बनाई शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग माग पनि गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १६:४०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।