बागलुङ । जिल्लाको धौलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा विवाद भएपछि केही विद्यार्थी नेताहरूले क्याम्पस प्रमुखसहितको टोलीलाई कार्यकक्षमै थुनिदिएका छन् । तोकिएको मनोनयन तालिकामा प्रक्रिया सुरु नगरेको भन्दै सोमबार साँझ क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय र निर्वाचन अधिकृत भक्तिराम न्यौपानेसहितको टोलीलाई उनीहरूले क्याम्पसमा ताला लगाएर थुनिदिएका हुन् ।
सुजन सापकोटा संयोजक रहेको संयुक्त विद्यार्थी समूहले ताला लगाएको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले टेलिफोनमा बताएका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा व्यवस्थापन समितिका अध्यक्ष दिनबहादुर थापा पनि थुनिएका छन् ।
क्याम्पस प्रमुख थुनिएपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितको टोलीले क्याम्पस पुगेर खुलाउने प्रयास गरेको छ । क्याम्पस प्रमुख उपाध्यायले टेलिफोन संवादमा विद्यार्थी टोलीले छिटो निर्वाचन अगाडि बढाउन माग गरेको बताए ।




















प्रतिक्रिया