Logo

एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी



रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सोमबार साँझ करिब साढे ७ बजे पेट्रोलपम्पमा पार्किङमा राखिएको पेट्रोल बोक्ने ट्यांकरमा आगलागी भएको हो ।

दमकल पुगेर आगो निभ्याउने प्रयास भए पनि अझै आगो नियन्त्रणमा आउन सकेको छैन। मुख्य बजारमा रहेको पेट्रोल पम्पमा आगलागी हुँदा स्थानीयमा त्रास बढेको छ । आगलागीको कारण र क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार  ९ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।