Logo

मनोरञ्जन

के पी दंगाल ‘गोकुल’को ‘प्रेमको झिरैमा’



काठमाडौँ । के पी दंगाल ‘गोकुल’को दोस्रो सांगितीक प्रस्तुति ‘प्रेमको झिरैमा’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियो पारिजात नेपालको अफिसियल युट्युब च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको छ ।

यसअघि पनि सर्जक दंगालको पहिलो सांगितीक कोशेली ‘निर्मोही’ नामको आधुनिक गीत गायक प्रमोद खरेलको स्वरमा म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भैसकेको छ ।

मातृका प्रसाद आचार्य र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको उक्त गीत पुरुषोतम न्यौपानेको संगीत साथै संगीत संयोजन, किशोर थापाको ध्वनी सम्पादनमा तयार भएको हो । गीतलाई ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको म्युजिक भिडियोमा के पी दंगाल ‘गोकुल’ र स्मारिका ढकालको अभिनय रहेको छ । प्रेम लामाले छायाङ्कन र निर्देशन गरेको म्युजिक भिडियोलाई प्रेम नाथ श्रेष्ठले ड्रोन छायाङ्कन गरेकाे छ । उक्त गीतमा अर्जुन सिलवालले कोरियोग्राफी, अजय लामाले प्रोडक्सन म्यानेज र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १५:५२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।