Logo

मनोरञ्जन

चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने



काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चैत्र ३ गते लाई प्रदर्शन मिति तोकेको चलचित्र प्राविधिक कारणले जेठ १२ गते बाट प्रदर्शनमा आउने जानकारी निर्माता शेखर लामाले दिए ।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ । चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ । टुल्की चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो ।

चलचित्रको निर्देशन देव थापाले र छायाँङ्कन सुसिल अधिकारि र नमराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा रहेका छन् ।

चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ । चलचित्रमा सम्पादन तारा थापा किम्भेको, पार्श्व संगीत संजिव सुब्बाको,कोरियोग्राफी लिगेश भट्टराइ र रमेश बुढाथोकीको रहेको छ ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ । चलचित्र ‘टुल्की’ले नेपाल ग्रामिण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १२:१२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।