Logo

मनोरञ्जन

कलाकार संघमा मोहन निरौला बिजयी



चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।

शनिवार भएको निर्वाचनमा उम्मेदवार रेजिना उप्रेतीलाई पराजित गर्दै निरौला अध्यक्ष निर्वाचित भएका छन् । यसैगरी, वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) निर्वाचित भएका छन भने महासचिवमा सविन श्रेष्ठ निर्वाचित भएका छन् ।

उता, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कट्वाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्वाचित भएकी छिन् । सदस्यहरूमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार ०९:५४   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।